१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदमा निर्वाचित विश्वप्रकाश शर्माले यो गुटको विजय नभएको बताएका छन् । १४ औं महाधिवेशनबाट गगन कुमार थापासंगै शर्मा निर्वाचित भएका छन् ।
जितपछि पार्टी कार्यालय सानेपालमा पत्रकारहरुसंग कुराकानि गर्दै नव निर्वाचित महामन्त्री शर्माले यो एक व्यक्ति वा गुटको मात्रै विजय नभएको बताएका हुन् । निर्वाचित भएपछि उनले नेपाली कांग्रेसलाई रुपान्तरण गर्न लागिपर्ने बताएका छन्।
बाँकी कुरा सुन्दरीजलबाट सुनाउने भन्दै शर्माले आफ्नो जित कांग्रेसलाई रुपान्तरित गर्ने यात्राको प्रारम्भ भएको समेत बताएका छन् । सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ हो उनले भने ।’





