राजनीति

महामन्त्रीमा विजयी गगन भन्छन्ः अझै ईमान्दार ढंगले जिम्मेवारी निर्वाह गर्छु

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्रीमा निर्वाचित गगन कुमार थापाले आफुले पाएको मतलाई न्याए दिने बताएका छन् ।

महामन्त्री पदमा निर्वाचित भएपछि पार्टी कार्यालय सानेपामा पत्रकारहरुसंग कुराकानिमा थापाले यस्तो बताएका हुन् । साथै उनले आफुसंग अब एकदिन पनि थाक्ने वा चुक्ने समय वा सुविधा नै नभएको बताएका छन् ।

महामन्त्रीमा निर्वाचित थापाले अँझै ईमान्दारी पुर्वक र परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । थापाले आफु महामन्त्रीको हैसियतले सभापतिलाई काम गर्न बल र तागत पुर्याउने भन्दै गल्ति गर्न लागेमा घच्घच्याउने पनि बताएका छन् ।

गगन थापाले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफुहरुसंग प्रतिस्पर्धा गरेकाहरुलाई समेटेर अगाडी बढ्न समेत सुझाव दिएका छन् ।