अन्तर्राष्ट्रिय

इराकी कुर्दिस्तान बाढीमा परी आठ जनाको मृत्यु

२ पुस, एजेन्सी । उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रको राजधानी एरबिलमा मुसलधारे वर्षाका कारण आएको बाढीमा शुक्रबार आठ जनाको मृत्यु भएको प्रान्तीय गभर्नर ओमिद खोश्नाउले जानकारी दिएका छन् ।

बिहान ४ः०० बजे शुरु भएको बाढीले महिला र बालबालिका सहित आठ जनाको मृत्यु भएको उनले एएफपीलाई बताए ।