अन्तर्राष्ट्रिय

बाइडेनद्वारा २.५ ट्रिलियन अमेरिकी डलरले ऋण सीमा बढाउने विधेयकमा हस्ताक्षर

२ पुस, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२३ सम्म डिफल्ट हुन नदिन अमेरिकी ऋण सीमा २.५ ट्रिलियन अमेरिकी डलरले बढाउने कानुनमा हस्ताक्षर गरेको ह्वाइट हाउसले बिहीबार जनाएको छ । बिहीबार, १६ डिसेम्बर, २०२१ मा राष्ट्रपतिले कानूनमा हस्ताक्षर गरेका छन् ।

जसले ऋण सीमा ४ २.५ ट्रिलियनले बढाउने अधिकार प्रदान गर्दछ, ह्वाइट हाउसले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । यो उपायले २०२२ को मध्यावधि चुनाव नपुग्दासम्म सरकारलाई काम गर्नका लागि ऋणको सीमा बढाउँछ। नयाँ कानुन अन्तर्गत अमेरिकी संघीय ऋण ३१।४ ट्रिलियन अमेरिकी डलर पुग्नेछ।