पु.समाचार

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक आज बस्दैः यी एजेण्डामाथि छलफल हुने

४ पुस, काठमाडौं । संसदका जारी अबरोध र समसामयीक राजनीतक विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ ।

अपरान्ह ४ बजे बस्ने बैठकमा संसदमा जारी अवरोध खुलाउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ ।

शुक्रवार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवासँगको भेटमा मुलुकको समसामयिक राजनीतिक विषय तथा संसद् अवरोध खुलाउने लगायत विषयमा दलहरूबिच समान धारणा बनाउने उद्देश्यका साथ सर्वदलीय बैठक बोलाउन आग्रह गरेका थिए ।

सचिवालयका अनुसार बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ । विगत लामो समयदेखि नेकपा (एमाले) ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने नजाने सो पार्टीका नेताहरुले बताएका छन् ।