आर्थिक

एमएडब्लू वृद्धि कमर्सियलको पहिलो डिलर मिट सम्पन्न

५ पुस, काठमाडौं । फोटोन मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले डिलर मिट सम्पन्न गरेको छ । एमएडब्लू वृद्धिले आफ्ना नेपालभरि रहेका आधिकारकि डिलरलाई उत्साहित गर्ने उद्देश्यले बुधबार बिहिबार र सुक्रबार सोल्टी क्राउन प्लाजामा आधिकारिक डिलरको डिलर मिट आयोजना गरेको हो। कार्यक्रममा विशेष अतिथिको रूपमा एमएडब्लू ग्रुपका चेयर म्यान बिष्णु कुमार अग्रवाल रहेका थिए ।

यस कार्यक्रमको मुख्य उद्देश्य एमएडब्लू वृद्धि कमर्सियल भेहिकल आबद्ध भएका व्यवसायीको भविष्यमा कसरी सुधार गर्ने भन्ने रहेको थियो। यस सम्बन्धमा एमएडब्लू वृद्धि कमर्सियल भेहिकलका सेल्स हेड नविन आचार्यले जानकारी दिएका थिए । उनले थपे कम्पनीको आगामी पाँच बर्षमा आउने विभिन्न गाडीहरु र कम्पनि कसरि आगाडी बढ्छ भन्ने विषयमा पनि डिलर मिटमा छलफल भयो ।

सर्भिस सेन्टरको विषयमा पनि गहन छलफल भएको साथै गाडी बिक्री गरी व्यवसाय सञ्चालन गर्नु कुनै नौलो कुरा नभएको तर बिक्रीपश्चात ग्राहकलाई सन्तुष्टि प्रदान गर्नु पर्ने बताए । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालि नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता हो।