५ पुस, काठमाडौं । नेपाली कांग्रेसको प्रदेश नम्बर १ को कोटाबाट केन्द्रीय सदस्यको १५ सय मतगणना सम्पन्न भएको छ । जारी मतगणना अनुसार सबैभन्दा धेरै मत प्राप्त गर्दै प्रदेश नम्बर १ संसदीय दलका नेता राजीव कोईरालाको विजय निश्चित भएको छ ।
१५ सय मतगणना सम्पन्न हुँदा कोईरालाले ७ सय ३२ मत पाएका छन् भने ७ सय २५ मत पाएर अमृत अर्यालले उनलाई पछ्याई रहेका छन् । यस्तै आन्द सन्तोषी राईले ४ सय २४ र अनिल प्रसाईले ३ सय ४१ मत प्राप्त गरेका छन् ।





