आर्थिक

लक्ष्मी बैंकको एक्काइसौं वार्षिक साधारणसभा

८ पुस, काठमाडौं । लक्ष्मी बैंकको एक्काइसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु ११ अर्ब ५५ करोड पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७७÷७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा रु ११७ अर्ब निक्षेप र रु १०८ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु १५२ अर्ब रहेको छ । सो आर्थिक वर्षमा बैंकले १ अर्ब ५७ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।