समाचार

नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई भोली प्रमाण पत्र दिईने

९ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नवनिर्वाचित सभापतिसहित १३ जना पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यलाई शनिबार निर्वाचित भएको प्रमाण पत्र दिईने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले सभापतिसहित निर्वाचित सबैलाई प्रमाण पत्र दिन लागेको हो ।

पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालका अनुसार शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचितहरू सबैलाई प्रमाण पत्र दिने कार्यक्रम रहेको छ । कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय हुन्छ । १३४ जना निर्वाचनबाट र ३३ जना मनोनित हुन्छन् ।

सभापति शेरबहादुर देउवाले समावेशी सिद्धान्तका आधारमा ३३ जनालाई केन्द्रीय सदस्य मनोनित गर्न पाउँछन् । केन्द्रीय समितिमा सभापति देउवा पक्षमा दुई तिहाइ छ । नेता शेखर कोइराला पक्षले भने थोरै मात्रै पदाधिकारी र केन्द्रीय सदस्य जितेका छन् ।