९ पुस काठमाडौं । नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी सुशील यादव मृत फेला परेका छन् । संघीय इकाइ प्रहरी कार्यालय भैरहवामा कार्यरत यादव आज मध्याह्न क्वार्टरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले पुष्टी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार यादव झुन्डिएको अवस्थामा देखिएपछि प्रहरी घटनास्थल गएको छ । विस्तृत बिवरण भने आउन बाँकी छ ।





