अन्तर्राष्ट्रिय

इजरायली प्रधानमन्त्रीद्वारा अस्ट्रियाली चान्सलरलाई भ्रमणको निम्तो

९ पुस, एजेन्सी । इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले अस्ट्रियाका नयाँ चान्सलर कार्ल नेहामरसँग पहिलो फोन वार्तालाप गर्दै जेरुसेलम भ्रमणको निम्तो दिएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

आज, प्रधानमन्त्री नफ्ताली बेनेटले अस्ट्रियाका नयाँ चान्सलर कार्ल नेहामरसँग पहिलो फोन वार्ता गरी उनलाई कार्यकाल सफलताको कामना व्यक्त गरेका छन् ।

सो अवसरमा उनिहरूबीच कोरोनाभाइरस र यसको नयाँ भेरियन्ट ओमिक्रोन विरुद्धको लडाइको बारेमा पनि विचार आदानप्रदान भएको छ। साथै उनिहरू दुई राष्ट्र बीचको घनिष्ठ सम्बन्ध कायम राख्न पनि सहमत भएका छन् ।