९ पुस, काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७७\७८ को बार्षिक प्रतिबेदन पारित गरी आर्थिक वर्ष २०७८\७९ को लागि लेखा परीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सगै शेयरधनीहरुलाई ०.६८२४ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर सहित कुल १३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न १४ औं वार्षिक साधारणसभामा बैंकले कोभिड– १९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट शेयरधनीहरुलाई सहभागिता गराएको थियो । सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७\७८ को बार्षिक प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले स्पष्ट पारेका थिए ।
लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख भन्दा बढी ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।




