राजनीति

मैले हारेपनि मेरो एजेण्डाको जित भएको छः डा.कोईराला

१० पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले १४ औं महाधिवेशनमा आफ्ना एजेण्डाको जित भएको बताएका छन् ।

कोईराला सेवा समाजको २६ औं वार्षिक साधारण सभामा बोल्दै डा.कोईरालाले महाधिवेशनमा आफुले हारेपनि आफ्ना एजेण्डाको जित भएको भन्दै गर्व लागेको बताएका छन् ।

उनले आफू पुस्तातरण र रुपान्तरणको एजेण्डा लिएर महाधिवेशनमा प्रतिस्पर्धा गरेको र त्यो सफल भएको भन्दै आफुले हारेर पनि जितेको बताएका छन् । डा.कोईरालाले निर्वाचनमा हार जित स्वभाविक रहेको भन्दै हारबाट केहीकुरा सिकेको समेत बताएका छन् ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा १८५५ मत ल्याएर सभापति शेरबहादुर देउवासँग पराजीत भएक डा कोईरालाले सबैले एउटै भावले देश र जनताको हितका लागि अगाडी बढेमामात्र राष्ट्रियताको गरिमामय काम गर्न सकिने बताएका छन् । उनले कार्यक्रममा बोल्दै आफूले अधिवेशनमा आफन्तहरु मिलेर अगाडी बढेमा धेरै गर्न सकिने आफूले ज्ञान पाएको बताएका छन् ।