१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आईतबारदेखी सुरु हुँदैछ । सम्मेलन दिउँसो १ बजेदेखी उद्घाटन गर्ने कार्यताकिका रहेको छ ।
आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकले राष्ट्रिय सम्मेलनअघि आइतबार बिहान केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । बिहान बस्ने केन्द्रीय कमिटी बैठकले राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहालले पेश गर्ने राजनीतिक प्रतिवेदन पारित गर्ने भएका छन् ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ र १२ गते काठमाडौंको प्रज्ञा भवनमा हुने भएको छ । साथै माओवादी केन्द्रले सम्मेलनमा अन्य पार्टीबाट पाहुनालाई नबोलाउने यसअघि नै निर्णय गरिसकेको छ ।





