१० पुस, काठमाडौं । नेपालमा आज कोरोना संक्रमीत भन्दा निको हुनेको संख्या धेरै रहेको छ । आज २२६ संक्रमीत निको हुँदा १६७ संक्रमीत थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २८३ पिसिआर परिक्षणमा १ सय ५७ र २हजार १ सय ६४ एन्टिजेन परिक्षणमा १० जना गरेर १६७ जनामा कोरोना देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रीय कोरोना संक्रमीतको संख्या ४ हजार ९ सय ७८ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।





