११ पुस, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै उजुरी परेको छ । प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डा लगायतका विवादमा मुछिएपछि उनको बहिर्गमनको प्रमुख माग राख्दै नेपाल बार एशोसिएसनले विगत दुई महिनादेखि आन्दोलन गर्दै आएको छ ।
भने बृहत नागरिक आन्दोलनको तर्फबाट प्रा.डा गोबिन्द केसी, नारायण वाग्ले लगाएतकाले प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनको माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका हुन् ।
जबरा, उनका नातेदार, नजिकका न्यायाधीश, कर्मचारी र पेशेवर बिचौलियाको मिलेमतोमा भ्रष्टाचार गरेका समाचारहरु आएको र सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिको प्रतिवेदनमा पनि भ्रष्टाचारको विषय उल्लेख भएकाले अनुसन्धान गर्न विभागको ध्यानाकर्षण गराइएको छ ।





