खेलकुद

उज्वेकिस्तानलाई हराउँदै नेपाली महिला फुटबल टोली फाइलमा

११ पुस, काठमाडौं । नेपालको महिला भलिबल टोली बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुगेको छ । ढाकामा आइतबार उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

साविक विजेता समेत रहेको नेपालले उज्वेकिस्तानमाथि २५-२०,२५-२३ र २५-१४ को जित निकाल्यो । नेपालको यो लगातार चौंथो जित हो । यस अघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ सेटमा हराएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० र तेस्रो खेलमा बंगलादेशलाई ३-० को सेटमा हराएको थियो ।

नेपालले ४ खेलमा ११ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा समेत उक्लिएको छ । उज्वेकिस्तानको ९ अंक रहेको छ । उज्वेकिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ । नेपालले अन्तिम खेलमा सोमबार किर्गिस्तानको सामना गर्नेछ।