१२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन वाचन गरेका छन् । आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखी सुरु भएको बन्दसत्तमा उनले प्रतिवेदन वाचन गरेका हुन् । उक्त प्रतिवेदन महाधिवेशन प्रतिनिधिलाई भने बाँडीएको छैन ।
दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्दसत्रमा समूहगत छलफल हुने भएको छ । छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २८ समूहमा विभाजन गरिएको छ । राजनीतिक र विधान पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।





