समाचार

प्रधानसेनापति शर्मा र गैर आवासिय राजदूत थोमस पिल्लेकबीच भेटवार्ता

१२ पुस, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र गणतन्त्र सिसेल्सका गैर-आवासीय राजदूत थोमस सेल्बी पिल्लेकबीच शिष्टाचार भेटघाट भएको छ । सोमबार जङ्गी अड्डामा प्रधानसेनापति शर्मा र गैर-आवासीय राजदूत थोमस पिल्लेकबीच शिष्टाचार भेटघाट भएको हो ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।