आर्थिक

सनराइज बैंकको ३ शाखारहित बैंकिङ्ग सेवा बिस्तार

१२ पौष, काठमाडौं । सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पु¥याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ । आइतबार पौष ११ मा, बैंकले प्रदेश १, उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. १० हडियामा ८३ औं शाखारहित बैँकिङ्ग सेवा शुभारम्भ गरेको छ । साथै मंसिर २३ बिहीबार बैंकले प्रदेश १, सुनसरी जिल्लाको दुहबी नगरपालिका वडा नं.८ जुटमिल चोकका ८१ औं शाखारहित र मंसिर २९ बुधबार बैंकले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं. ४ खैलाडमा ८२ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको थियो । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आए संगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८३ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागी जुटमिल चोकका अमन कुमार शाह, खैलाडका स्थानीय व्यवसायी जितेन्द्र चौधरी र हडियाका तारानाथ पौडेललाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।