आर्थिक

सप्तरंग-३ का कलाकार द्वारा TVS सोरुम बतास ब्रदर्स -पोखरामा TVS Raider सार्वजनिक

१४ मंसिर, काठमाडौ । शंकर गु्रप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, पोखरा स्थित आफ्नो एक्स्क्लयूजिव शोरुमबाट यूवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा सप्तरंग ३ का चर्चित गायक राम कृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार सन्दिप क्षेत्री, मिडिया व्यक्तित्व नरेश भट्टराई, विवेक खतिवडा र निता प्रधानाङ्ग, टिक टक स्टार उषा उप्रेतीको उपस्थितिमा सार्वजनिक गरिएको थियो।

यूवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्सका साथै फस्र्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेजपनि उपलब्ध गरिएको छ ।