स्वास्थ्य

मनोमानी शुल्क खारेजीको माग गर्दै नेविसङ्घले केएमसीबिरुद्ध थाल्यो अनशन

२२ पौष, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा विद्यार्थीसँग लिँदै आएको अतिरिक्त शुल्क खारेजीको माग गर्दै रिले अनशन सुरु गरेको छ । नेविसङ्घले नेपाल मेडिकल कलेजले मनोमानी ढङ्गले अतिरिक्त शुल्क लिएको भन्दै उक्त शुल्क खारेजीको माग गर्दै कलेज अगाडि आजदेखि रिले अनशन सुरु गरेको हो ।

नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालले कलेजले मनोमानी ढङ्गले तोकेको अतिरिक्त शुल्क खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन गर्नुपर्ने जस्ता माग राखेर अनशन सुरु गरिएको जानकारी दिए ।

चिकित्सा शिक्षा आयोगले तोकेअनुसार सबै प्रक्रिया पु¥याएका विद्यार्थीको हकमा तुरून्तै नियमित कक्षा सञ्चालन गरी पठनपाठनको व्यवस्था मिलाउनुपर्ने माग पनि नेविसङ्घले राखेको छ । होस्टेल शुल्क बजार मूल्यलाई मध्यनजर गरी वैज्ञानिक तवरले निर्धारण गर्नसमेत माग गरिएको छ । आज विद्यार्थीहरू नरेश भट्ट, दयाल सत्सगी, राजन पाण्डे, सोनु यादव, राजु अधिकारी, मजिला गिरी, श्रीयुता खतिवडा, भागेश्वरी ऐर, रोजिना जिसी र अनु थापा रिले अनसन बसेका छन् ।