आर्थिक

नेपालगञ्जमा सुरु गर्यो आयल निगमले देशकै ठूलो पेट्रोल पम्प

२१ पौष, काठमाडौं । नेपाल आयल निगमले मुलुकको सबैभन्दा ठूलो पेट्रोल पम्प खोलेको छ । आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले आज एक लाख सात हजार लिटर पेट्रोल र डिजेल अटाउने पम्प नेपालगञ्जमा उद्घाटन गरेका छन् ।
पिनगमका बागमती प्रदेश प्रमुख इन्जिनियर शैलेन्द्र भुषालले भने, ‘प्रत्येक अन्डर ट्यांकमा कति तेल छ भन्ने हेर्न एउटा सफ्येयर ९चिप्स० अन्डर ट्यांकमा राखेका छौँ । त्यसको सहायताले कम्प्युटरमा सजिलै कति तेल रहेको थाहा पाउन सकिन्छ,’ उनले भने, ‘यो प्रविधिका कारण अन्डर ट्यांकमा तेल सकिन लागेपछि भर्न सजिलो हुन्छ ।’
२५–२५ हजार लिटर क्षमताका तीनवटा डिजेल ट्यांक र १६–१६ हजार लिटरका दुईवटा पेट्रोल ट्यांकरहेको बताउँदै कार्यकारी निर्देशक पौडेलले अब तेलका लागि आएका उपभोक्ता कहिल्यै तेल सकिएर फर्किनु नपर्ने बताएका छन् । पछिल्लो समयमा आयल निगमलाई भित्रदेखी नै सुधारका कार्यक्रमहरु ल्याएर सफल कार्यकारी निर्देशकको रुपमा परिचय बनाउन सफल रहेका पौडेलले पछिल्लो देशकै महत्वपूर्ण कामको सुरुवात आज गरेको स्थानीयले बतँएका छन् ।