आर्थिक

सनराइज बैंकको सिद्धार्थनगर सिटि हस्पिटलसंग सम्झौता

२२ पौष, काठमाडौं । सन्राइज बैंकले आफ्ना ग्राहकरुलाई नयाँ र समय सापेक्षीक सेवाहरुलाई प्रदान गर्दै आएको छ । बैंकले आफ्ना ग्राहकहरुले आफ्नो आवश्यकतालाई भविष्यको लागि थाति राख्न नपरोस भनेर Buy Now Pay Later योजना अन्र्तगत विभिन्न सेवा र सुविधाको EMI Facility दिदै आएको छ । यसै क्रममा बैंकले पृथक किसिमको सेवा “कपाल प्रत्यारोपण” मा पनि EMI Facility ल्याएर सहजिकरण गरिदिएको छ ।

अहिले नेपालमा मात्र नभइ विश्व भरि मानिसमा कपाल झर्ने र कपाल पातलो हुने समस्या बढ्दै गएको छ र मानिसहरुमा कपाल प्रत्यारोपण गर्ने प्रवृति पनिसंग संगै बढ्दै गएको छ । यस सेवालाई अझै सहजिकरण गर्न र ग्राहकलाई एकै चोटि आर्थिक भार पर्न नदिन सन्राइज बैंकले सिद्धार्थनगर सिटि अस्पतालसंग सम्झौता गरि EMI मा कपाल प्रत्यारोपण गर्ने व्यवस्था गरेको छ ।
यही १९ मा सिद्धार्थनगर सिटि हस्पिटलमा भएको एक कार्यक्रममा हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेल, डर्माटोलोजी विभाग प्रमुख चन्द्र मोहन शाह र बैंकका शाखा प्रमुख हरिहर सुवेदी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अस्पतालले सन्राइज बैंकसँग सहकार्य गरेर किस्ता बन्दी सुविधा दिएको छ । कपाल प्रत्यारोपण लगायत कस्मेटिक उपचारका लागि आउने सेवाग्राहीलाई किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था मिलाइएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए ।

बंैकले प्रत्यारोपणको लागि पचास हजार देखि तिन लाखसम्म यस्तो ऋण बिना धितो नै शुन्य ब्याजदरमा उपलब्ध गराउने छ । अठार महिनासम्म किस्तामा तिर्न मिल्ने ऋणका लागी आयस्रोत भने खुलाउनुपर्ने जनाइएको छ । लग्जरी सुबिधा भएकाले एकै पटक शुल्क तिर्न गाह्रो हुनेलाई लक्षित गरेर ऋणको व्यवस्था गरिएको सन्राइज बैकका भैरहवाका शाखा प्रमुख हरिहर सुवेदीले बताए ।

यस अघिपनि बैंकले चितवनस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौंको कोटेश्वरस्थित K33 Hair Hotel, विशालनगरस्थित Arogin Health Care & Research, बालुबाटारको Healthy Choice Nutrition and Fitness Clinic र पोखराको फेवा हेल्थ केयरमा कपाल प्रत्यारोपण/प्रतिस्थापन गर्न आउने सेवाग्राहीलाई किस्ता बन्दी सुविधा दिने सम्झौता गरिएको छ ।