प्रदेश 1

सभापति तामाङ्द्वारा क्षेत्रीय कोषाध्यक्षमा श्रेष्ठ मनोनित

२३ पौष, धरान, ः नेपाली कांग्रेसको क्षेत्रीय कोषाध्यक्षमा सुवर्ण श्रेष्ठ मनोनित भएका छन् । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकमा सभापति तामाङले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनित गर्न गरेको प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेपछि श्रेष्ठ कोषाध्यक्ष मनोनित भएका हुन् । कांग्रेसको विधानमा सभापतिले बैठकमा निर्वाचित सदस्य मध्येवाट कोषाध्यक्षका लागि नाम प्रस्ताव गर्ने र बैठकले निर्णय गर्ने प्रावधान रहेको छ । श्रेष्ठ यस अघि धरानका नगर कोषाध्यक्ष रहेका थिए ।
बैठकले क्षेत्रीय कार्यसमितिको, महाधिवेशन प्रतिनितधि एवम् प्रदेश अधिवेशन प्रतिनिधिको, प्रदेशसभा, प्रतिनिधिसभा, राष्ट्रियसभाका सदस्य एवम् उम्मेदवार तथा निर्वाचित जनप्रतिनिधिको र वडा सभापतिको नियमित बैठक गर्ने तालिका निर्धारण गर्नुका साथै बधाई, शुभकामना तथा धन्यवाद कार्यक्रम र बनभोज कार्यक्रमको आयोजना गर्ने समेत निर्णय गरेको क्षेत्रीय सचिव महेन्द्र प्रधानले बताए ।
बैठकले मासिक सहयोग रकम (लेवी) निर्धारण गर्ने, सचिव महेन्द्र प्रधानको संयोजकत्वमा सचिव केशव पुरी, कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, सहसचिवद्धय भोजराज न्यौपाने र सुमित राई रहेको कार्यालय सञ्चालन तथा व्यवस्थापन समिति गठन गर्ने, वार्षिक कार्यक्रमको क्यालेण्डर निर्माण गर्ने, संगठन विस्तार र सशक्तिकरणका कार्यक्रmमहरु गर्ने समेत निर्णय गरेको छ ।
बैठकले हालै सम्पन्न १४औं महाधिवेशनमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने पार्टीका क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, निर्वाचन समिति, सुरक्षा निकाय, पत्रकार लगायत सबैलाई धन्यवाद प्रकट गरेको छ ।
बैठकमा मा. प्रदेश सांसद चन्द्र प्रसाद श्रेष्ठ, महाधिवेशन प्रतिनिधिहरु पर्वत राई, श्यामा रेग्मी, विकास आचार्य, ममता तामाङ, ललिता अधिकारी, निर्मला शाक्य, पुजा धामी, रवि राई, राजु शाह लगायत क्षेत्रीय पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।