आर्थिक

नेपाल क्लियरिङ्ग हाउसको दशौँ वार्षिक साधारण सभा सम्पन्न

२८ पौष, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व. २०७७/७८को आफ्नो दशौँ वार्षिक साधारण सभा आज सीमित शेयरहोलडरहरुको उपस्थितिमा नेपाल सरकारले लागु गरेको सम्पूर्ण कोभिडको प्रोटोकोलहरुको पालना गरी अनलाइन र अफलाइन माध्यमबाट सम्पन्न गरेको छ ।

बैठकले कम्पनीको चुक्ता पूँजी रु.४१.१ करोड रहेकोमा ३८ प्रतिशत बोनस शेयर वितरण गरी ५६.७६ करोड पु¥याउनुको साथै अधिकृत पुँजी एक अर्ब पु¥याउने निर्णय गरेको छ। साथै बोनस शेयरको कर प्रयोजनका निम्ती २ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ। कम्पनीले पूँजीवृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापनागर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीच अन्र्तगतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार स्थापनागर्न उक्त पूँजी प्रयोग गर्नेछ ।

कम्पनीले सञ्चालन गर्दै आएका भुक्तानी प्रणालीहरुको कारोवार शुल्क अत्याधिक रुपमा घटाएता पनि कम्पनीको भुक्तानी कारोबार संख्यामा उल्लेख्य वृद्धी भएको र अघिल्लो आ.व.को ४ महिनामा कोभिड–१९को पहिलो लकडाउनमा कम्पनीले सम्पूर्ण कारोवारको शुल्कमा छुट दिएको कारण आ.व. २०७७/७८मा कम्पनीको खुदनाफा ३८ प्रतिशतले बृद्धी भएको छ छ । त्यसै गरी कम्पनीले कुलपूँजी तथा जगेडा कोषको अनुपातमा ३१ प्रतिशत बराबरको नाफा प्राप्त गरेको छ जुन अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले मात्र बृद्धी भएको छ ।

बैठकले कम्पनीको सञ्चालक समितिमा दुइजना नयाँ सञ्चालकहरु निर्विरोध चयन गरेको छ । बिकास बैंकलाई प्रतिनिधित्व गर्दै मुक्तिनाथ विकास बैंककासहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र फाइनान्स कम्पनीलाई प्रतिनिधित्व गर्दै रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंककातर्फबाट एक जना, वाणिज्य बैंककातर्फबाट तीन जना, विकास बैंककातर्फबाट एक जना र फाइनान्स कम्पनीका तर्फबाट एक जना गरी हाल ६ जना प्रतिनिधीहरु रहेका छन् ।

कम्पनीले NCHL-ECC, NCHL-IPS/ connectIPS लगायतकाभुक्तानी प्रणालीहरु मार्फत आ.व. २०७७/७८ माकुल १३०.४३ खर्ब बराबरको ४.४८ करोड भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो । आ.व. २०७७/७८ मा६० सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५,७२८ शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने कम्पनीमा ६२ गैर–बैंकिङ संस्थाहरु Indirect/Technical Memberको रुपमा आवद्ध छन् ।