आर्थिक

माछापुच्छ्रे बैंकका ग्राहकले MI Xiaomi and Poco फोन 0 % EMI मा पाउने

३० पुस, काठमाडौं । माछापुच्छ«्रे बैंकका ग्राहकले MI Xiaomi and Poco ब्राण्डको मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु 0 % EMI मा पाउने भएका छन् । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ«्रे बैंक र Vastal Impex Pvt. Ltd. बीच बैंकको Instapay सुविधा मार्फत मोवाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता पश्चात हताक्षर गरिएको हो । उक्त सम्झौतापत्रमा Vastal Impex Pvt. Ltd. को तर्फबाट डाईरेक्टर नितेश कुमार मन्ुद्र तथा माछापुच्छ«े बैेंकको तर्फबाट नायब प्रमुख डिजिटल बैंकिङ्क विनय रेग्मी ज्यूले हस्ताक्षर गरेका छन् ।
सम्झौता पछि बैंकका ग्राहकहरुले ६ देखि ९ महिनासम्मका लागि 0 % EMI मा Instapay मार्फत पन्ध्र हजार देखि MI Xiaomi and Poco ब्राण्डको मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु गरिद गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको के्रडिट कार्ड तथा Instapay बाट पाउन सक्नेछन् । हाललाई यो सुविधा Vastal Impex Pvt. Ltd. को काठमाण्डौ स्थित showroom मार्फत प्रदान गरिनेछ ।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।
माछापुच्छे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ बटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानवाट १० लाख भन्दा बढि ग्राहकहरुमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटीएमहरु संचालनमा रहेको छन् ।