आर्थिक

बतासले धर्मसाला निर्माण गर्ने भन्दै होटल खोलेको आरोपमा मन्त्रालयले गर्यो सम्झौता रद्दको सिफारिस

३ माघ, काठमाडौं । बतास अर्गनाईजेसनसँगको पशुपति धर्मसालाको सम्झौता रद्द गर्न साँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सिफारिस गरेको छ ।

मन्त्रालयको छानबिन समितिले आज आईतबार मन्त्री प्रेम आलेमगरको धर्मशाला भ्रमणपछि दिएको सेभेन स्टार होटल सरह धर्मशाला देखिएको भन्ने प्रतिकृयाको परिणामास्वरुपको प्रतिबेदनअनुरुप उक्त बतास अर्गनाईजेसनसंगको सम्झौता रद्द गर्न सिफारिस गरेको हो ।


नारायणहिटी संग्रालय, पाटन संग्राहालय, पशुपति धर्मसालालगायतमा बतास अर्गनाईजेसनले सेटिङमा सस्तोमा भाडामा लिएको भन्दै आलोचना भईरहेका बेला पशुपति धर्मशालासंगको सम्झौता रद्द गर्न सिफारिस भएको छ ।

बतासले उक्त धर्मशालाको नाममा होटल खोली प्रति कोठा सात हजार भाडामा लगाएको आरोपसहित मन्त्री आले निरीक्षणमा गएका थिए ।