आर्थिक

बङ्गलादेश बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भुपेन्द्र पाण्डेलाई

३ माघ, काठमाडौं । नेपाल बङ्गलादेश बैंकको सञ्चालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत दिएको जानकारी गराएको छ ।

बैंकिङ्ग क्षेत्रमा २० बर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सिइओ पदमा कार्यरत रहेको बैंकले जनाएको छ । श्री पाण्डे Fellow Chartered Accountant (FCA) हुनुका साथै उनले बाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् ।
हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएम् बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।