स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः कोरोनाबाट तीनजनाको मृत्यु, ६७ सय ३४ संक्रमित थपीए

३ माघ, काठमाडौं । पछिल्लो २४ घण्टमा ६७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । एन्टीजेन र पीसीआर गरेर १७ हजार ४६५ जनामा कोरोना परीक्षण गर्दा उक्त संक्रमित थपीएका छन् । आज कोरोना संक्रमणका कारण ३ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।
आजसम्म ३० हजार ८७७ जना सकृय संक्रमित रहेका छन् भने ५४७ जनाले पछिल्लो २४ घण्टामा कोरोना जितेर घर फर्किएका छन् । आज तेस्रो लहरका सबैभन्दा बढी संक्रमीत सख्या भेटिएका छन् ।

गत २४ घण्टामा ५४७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख १६ हजार ९८५ पुगेको छ । यो दर ९५ दशमलव एक प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ५९ हजार ४८५ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख दुई हजार ४५५ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५० लाख १८ हजार २४८ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ९१ हजार ४६ पुगेको छ । कूलमा सङ्क्रमण दर १७ दशमलव एक प्रतिशत छ ।

कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा एक लाख ४३ हजार ३६० रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार ८७७ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६२३ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । प्रतिशत १० लाख जनसङ्ख्यामा मृत्युदर ३८२ दशमलव छ रहेको छ ।

हाल भेन्टेलेटरमा रहनेको सङ्ख्या जम्मा २६ र आइसियूमा १३९ रहेको छ । होम आइसोलेशनमा २९ हजार ७०५, संस्थागत आइसोलेशनमा एक हजार १७२ र क्वारेन्टिनमा १०० जना रहेका छन् । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवान, कास्की, रुपन्देही र कैलाली रहेका छन् भने २०० भन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा झापा, धनुषा, पर्सा, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व, बाँके र दाङ छन् । शून्य सङ्क्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १३ हजार ९८६, ललितपुर तीन हजार ५५५ र भक्तपुरमा एक हजार ८४६ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।