अन्तर्राष्ट्रिय

अफगानिस्तानको बाघलान प्रान्तमा बम विष्फोट हुँदा २ जनाको मृत्यु

३ माघ, काबुल । अफगानिस्तानको बाघलान प्रान्तमा विगतका युद्धका क्रममा बिच्छाइएका उपकरण विष्फोट हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
स्थानीयवासीलाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएअनुसार प्रान्तीय राजधानी पुल–ए–खुमरी शहरको बाहिरी भागमा रहेको टिपा नवरोज क्षेत्रमा आइतबार दिउँसो उक्त विष्फोट भएको हो।
गत सोमबार नान्गाहारको लालपुर जिल्लाको एक विद्यालय बाहिर विष्फोटक पदार्थ पड्किदा छ बालबालिका र एक ब्यापारीको मृत्यु भएको थियो।