समाचार

संसदको गतिरोध हटाउने, निर्बाचनको मिति तोक्ने बिषयमा छलफल गर्न सत्तारुढ दलको बैठक बालुवाटारमा

४ माघ, काठमाडौं । नेपाली काँग्रेससहित सरकार घटक गठबन्धनको बैठक केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालको सोमबारको भेटपछि तय भएको आजको सत्तारुढ दलको बैठकले स्थानीय तहको निर्बाचन, माघ १२ गते हुने भनिएको राष्ट्रिय सभा निर्बाचन, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको संसद अबरुद्धलगायत बिभिन्न बिषयमा छलफल गर्ने बताईएको छ ।
निर्बाचन आयोगले बैसाख १४ गर्ते स्थानीय तहको निर्बाचन गर्न सरकारलाई सुझाव दिएको भने प्रमुख प्रतिपक्षी दल एमालेले पनि तत्काल स्थानीय तहको निर्बाचनको मिति तोक्न सरकारलाई भनेको छ । सरकार स्थान्ीय, प्रदेश र प्रतिनिधि सभा निर्बाचन छुट्टाछुट्टै समयमा गर्ने वा एकैपटक गर्ने भन्नेमा अन्यौलमा रहेको टिप्पणी आईरहेको अवस्थामा आज बस्न लागेको सत्तारुढ गठबन्धनको बैठकले कुनै नयाँ निर्णय गर्ने अनुमान लगाउन सकिन्छ ।