समाचार

विशेष, उच्च, जिल्ला अदालतको सेवामा कटौती

५ माघ, काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण तीव्ररूपमा बढ्दै गएपछि विशेष अदालत, उच्च अदालत पाटन, जिल्ला अदालत काठमाडौँले पनि अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् ।

विशेष अदातलका सूचना अधिकारी नारदप्रसाद भट्टराईले आज जारी गरेको थुनुवा भएका मुद्दाको भर्चुअल माध्यमबाट सुनुवाइ गर्ने, आरोपपत्र, अभियोगपत्र दर्ता गर्ने भर्चुअल माध्यमबाट अभियुक्तको थुनछेक र म्याद थप गर्ने जनाएको छ ।

त्यस्तै, उच्च अदालत पाटनले पनि आफ्ना सेवा कटौती गरेको छ । उक्त अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा बन्दीप्रत्यक्षीकरणको निवेदनमा नियमतिरूपमा सुनुवाइ गर्ने, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही अघि बढाउने उल्लेख छ । यस्तै, जिल्ला अदालत काठमाडौँले पनि अतिआवश्यक मुद्दामा सुनुवाइ गर्ने जनाएको छ ।

सर्वोच्च अदालतको मङ्गलबार बसेको पूर्ण बैठक ९फूलकोर्ट० ले पनि अति जरुरी प्रकृतिका मुद्दा मात्र आजदेखि लागू हुने गरी सुनुवाइ गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार सर्वोच्च अदालतमा एक न्यायाधीशसहित ३४ जना र देशभरी न्यायाधीश र कर्मचारी  गरी १२५ भन्दा बढीलाई कोरोना सङ्क्रमण भएको छ ।