समाचार

आयल निगम कामु कार्यकारी निर्देशकमा शुसील भट्टराई

५ माघ, काठमाडौं । आज नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको पद शुसील भट्टराईले पाएका छन् । सरकारले कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलको तीन बर्षे कार्यकाल सकिएको झण्डै दुई हप्तामा आज कामु निर्देशकको रुपमा शुसील भट्टराईलाई जिम्मेवारी दिएको छ ।
कार्यकारी निर्देशकको रुपमा बिज्ञापन गरिसकेको अवस्थामा अर्को ब्यवस्था नहुन्जेलसम्मका लागि निमित्तको जिम्मेवारी उनले पाएका छन् ।