समाचार

तेलको भाउ घटाउन माग गर्दैै बिद्यार्थीहरुले जलाए प्रधानमन्त्रीको पुत्ला

६ माघ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यबृद्धिपछि आज बिद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् । भारतीय आयल कर्पोरेसनलाई तेलको पैसा तिर्ने मौजदात सकिएको भन्दै आएको निगमले सरकारसँगको आन्तरिक सहमतीमा डिजेल, पेट्रोल र मट्टीतेलमा हिजो प्रतिलिटर ३ रुपैयाँका दरले भाउ बढाएको थियो ।
अस्कल क्याम्पसलगायतमा अनेराश्वबीयूका बिद्यार्थीहरुले प्रधानमन्त्रीले तेलको भाउ घटाउनुपर्ने मागसहित नाराबाजी गर्दै पुत्ला दहन गरेका छन् ।