स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः १२ हजार ३३८ जना थपीए, ४ संक्रमितको मृत्यु

६ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज कोरोनाका कारण ४ जनाको निधन भएको छ । आज ६४९ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

आजसम्म सकृय संक्रमितको संख्या ५७ हजार ३२८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज २७ हजार ४९७ जनामा परीक्षण गर्दा उक्त संक्रमित भेटिएका छन् ।