सामाजिक सञ्जाल

हिँसाको धम्की दिने मन्त्री यादबलाई पदमुक्त गर्न काँग्रेस महामन्त्री शर्माको प्रधानमन्त्रीसंग माग

८ माघ, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले मन्त्री रेणु यादबको रौतहटमा आएको सबैत्र आलोचित अभिब्यक्तीमा तीनवटा बिकल्प दिएका छन् । महामन्त्री शर्माले ट्वीटरमा ट्वीट गर्दै पहिलोमा स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना माग्नुपर्ने बताएका छन् ।
यसैगरी महामन्त्री शर्माले मन्त्री यादबको दोस्रो बिकल्पमा सम्बन्धित दलद्वारा पहलकदमि र राजीनामा आउनसपर्ने बताएका छन् भने तेस्रो बिकल्पका रुपमा पदिय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नुपर्ने बताएका छन् । महामन्त्री शर्मा तेस्रो चरणको कोरोनाबाट संक्रमित रहेका बेला मन्त्री यादबको बिषयमा बोलेका छन् । मन्त्री यादबले सीके रावत र उनका कार्यकर्तालाई गौरमा २०६३ सालमा २७ जनाको ज्यान जानेगरी भएको हत्याकाण्ड जस्तै हत्या गरिदिने धम्की दिएको समाचार आएको थियो । पछि मन्त्री यादबले आफु तेसो नभनेको दाबी मन्त्री रेणु यादबले बताएको भएपनि उक्त घटनाको बिषयमा टिप्पणी गर्न छाडिएको छैन ।
महामन्त्री शर्माको ट्वीटः
मन्त्रीको गैह्र जिम्मेवार अभिव्यक्ति उपचार स ३ विकल्प !

१. स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना !
अथवा
२० सम्बन्धित दलद्वारा पहलकदमि र राजीनामा !
अथवा
३० पदिय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त
(आइसोलेसनबाटै सबै सम्बन्धितको ध्यानाकर्षण)