स्वास्थ्य

२४ घण्टे अपडेटः एकैदिन कोरोनाबाट १६ जनाको निधन, थपीए १० हजार २५४ संक्रमित

८ माघ, काठमाडौं । आज कोरोना संक्रमणका कारण १६ जनाको निधन भएको छ । तेस्रो लहरमा आज निधन हुने कोरोना संक्रमित मृतक संख्या सबैभन्दा बढी हो । आज २० हजार १८७ जनामा कोारेना परीक्षण हुँदा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।


आज ७०८ जनाले कोरोना जितेर घर फर्किएका छन् । कोरोना संक्रमित सकृयको संख्या ७२ हजार ८६२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५१ जना पुगेको छ ।