समाचार

अर्जुन बन्जाराको अध्यक्षतामा यस्तो बन्यो कौण्डिन्य गोत्रीय महासमाज

८ माघ, काठमाडौं । अर्जुन प्रसाद बन्जाराको अध्यक्षतामा कौण्डिन्य गोत्रीय महासमाज गठन भएको छ । झण्डै चार दर्जन जातहरु रहेको कौण्डिन्य गोत्रीय जातहरुको भेलाबाट २०७८ साल पौष २२ गतेका दिन दर्ता नम्बर १७३ अन्तर्गत काठमाडौं जिल्ला प्रशाशन कार्यालयमा उक्त संस्था दर्ता भएके छ ।


महासमाजले बिज्ञप्ती जारी गर्दै भनेको छ, ‘ देश तथा विदेशमा कौण्डिन्य गोत्रीय बन्धुहरु तथा कौण्डिन्य गोत्रीय बन्धुहरुको प्रतिनिधित्व गर्ने संस्था वा समाजहरु पारस्परिक सौहार्दता, सद्भाव एबम् बन्धुत्वको भावनाको विकास गर्दै एकताबद्ध बनाउने उद्देश्यका साथसम्पूर्ण कँैण्डिन्य गोत्रीय समाजका प्रतिनिधिहरुको उपस्थितिमा २०७७ साल चैत्र २८ गतेको भेलाबाट कौण्डिन्य गोत्रीय महासमाज महासंघ काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बिधिवत २०७८ साल पौष २२ गते दर्ता नं. मार्फत दर्ता भएको ब्यहोरा जानकारी गराउँदछौं ।’

महासमाज/ महासंघमा रहेका संस्था, ब्यक्ती र पद रहेको जानकारी जिल्ला प्रशासन कार्यालयले दिएको छः


पद नाम प्रतिनिधि संस्था
अध्यक्ष अर्जुन प्रसाद बन्जारा बन्जारा तथा बञ्जाडे समाज, अधयक्ष
उपाध्यक्ष बाबुराम आचार्य आचार्य बन्धु समाज नेपाल, महासचिव
महासचिव बिष्णु प्रसाद बास्कोटा बास्कोटा समाज, अध्यक्ष
सचिव पुरुसोत्तम पराजुली पराजुली समाज नेपाल, नि. सचिव
कोषाध्यक्ष नारायण प्रसाद न्यौपाने न्यौपाने समाज नेपाल, महासचिव,

सदस्यहरु
दामोदर गैह्रे गैह्रे, कल्याण समाज, अध्यक्ष
ठाकुर प्रसाद साप्कोटा साप्कोटा बंशावली कल्याण केन्द्र
जनक कुमार खड्का लकाई खड्का समाज, केन्द्रीय सदस्य
श्री बिराज प्याकुरेल प्याकुरेल समाज, अध्यक्ष
डा गणेश प्रसाद पाठक पाठक समाज, अध्यक्ष
हरिबोल सत्याल सत्याल समाज, कावा अध्यक्ष