आर्थिक

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको सवारी साधन प्रदुषण मापदण्ड बारे धारणा

१० माघ, काठमाडौं । नेपाल सवारी साधन प्रदुषण मापदण्ड युरो ६ को सन्दर्भमा नाडाले आफ्नो धारणा प्रश्तुत गरेको छ । ।

नाडाले बिज्ञप्ती प्रकाशित गर्दै सरकारको सम्पुर्ण सवारी तथा यातायातका साधनहरुमा युरो ६ लागु गर्ने प्रस्तावलाई यस एशोसिएशनले सकारात्मक रुपमा लिएको बताएको छ ।
यसको समग्र पूर्वाधार तयारीका लागि चरणवद्ध रुपमा लागु गर्दे जानु पर्ने भएकोले अहिले त्यसका लागि देशमा उपयुक्त पूर्वाधारहरु लगायत दक्ष प्राविधिक जनशक्ती पनि तयार नभई सकेको सन्दर्भमा यसलाई चरणवद्ध रुपमा नै लागु गर्ने व्यवस्थाका लागि सरकारसंग हार्दिक अनुरोधसमेत नाडाले पत्रकार सम्मेलनमार्फत गरेको छ ।