स्वास्थ्य

आज कोरोनाबाट चार जनाको निधन, थपीए १० हजार ३१९ संक्रमित

१० माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २५ सय ४० जनाको निको भएर घर फर्किएका छन् । कोरोना संक्रमितहरु यसै समयमा १० हजार ३१९ जना थपीएका छन् ।

तेस्रो संक्रमणमा आज निधन हुनेको संख्या चार जना रहेको छ ।
आज २१ हजार २०१ जनामा परीक्षण गर्दा उक्त संक्रमित भेटिएका हुन् । आजसम्म ८२ हजार ५५० जना सकृय संक्रमित छन् ।