आर्थिक

सनराइज बैंकको १३ औं विस्तारित काउन्टर, करदाता सेवा कार्यालय, धनकुटामा

१३ माघ, काठमाडौं । सनराइज बैंक लिमिटेडले धनकुटा जिल्लाको धनकुटा न.पा.वडा नं.०५ मा अवस्थित करदाता सेवा कार्यालयको प्रांगणमा विस्तारित काउन्टर सेवाको सुरुवात गरेको छ । सो विस्तारित काउन्टर सेवा संचालनमा आएसंगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ ।
सो विस्तारित काउन्टर समुद्घाटन कार्यक्रम सन्राइज बैंकका १ नं. प्रदेश प्रमूख श्री विवेक कुमार निरौला तथा सन्राइज बैंक धनकुटा शाखाका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारी लगायत अन्य कर्मचारीहरु तथा केही स्थानीय उद्योगी, व्यवसायिहरुको उपस्थितिमा धनकुटा नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर थापाले गरेका थिए ।
हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ८५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा विस्तारित काउण्टर र १५८ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।