मनोरञ्जन

जिपरदेशीको पीडा बोल्ने ‘तिम्रो याद आयो’ सार्वजनिक (भिडियो)

१३ माघ, काठमाडौं । परदेशीको पिडा र मनोभावनालाई प्रस्तुत गरिएको नयाँ म्युजिक भिडियो ुतिम्रो याद आयोु सार्वजनिक भएको छ।

यस गीतमा अमेरिकामा रहेका गीतकार गोपाल लोहारको शब्द रहेको छ भने सविन सुवेदीको स्वर रहेको छ । दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।

परिवारका सदस्य टाढा हुँदाको पिडा र विदेशमा भोग्नु परेको मर्माहतलाई विजय बराल, प्रमिला खनाल र माया पौडेलको लगायतका कलाकारहरुले जिवन्त बनाएका छन् । श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्।

काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा तयार पारिएको यस भिडियोको निर्मात्री भीमा लोहार हुन्। गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई सुनेर हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।