अन्तर्राष्ट्रिय

चीन–लिथुआनिया मुद्दा राजनीतिक होइन, आर्थिक– चीन

१३ माघ, बैजिंग । युरोपेली संघले बेइजिङले ताइवानमा आफ्नो राजनीतिक अडानका कारण लिथुआनियालाई आर्थिक रूपमा दण्डित गरेको आरोप लगाएको छ। उक्त आरोपलाई विहीबार बेइजिङले खण्डन गरेको छ ।
‘लिथुआनिया विरुद्ध तथाकथित चिनियाँ जबरजस्ती आधारहीन र असंगत छ’ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘चीन र लिथुआनियाबीचको मुद्दा राजनीतिक होइन आर्थिक हो।’