आर्थिक

सानिमा बैंक अब कावासोती, बर्दिबास र अत्तरियामा

१७ माघ, काठमाडौं । सानिमा बैंक लिमिटेडले मिति २०७८ माघ १७ गते कावासोती, बर्दिबास र अत्तरियामा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको समुद्घाटन कावासोती नगरपालिकाका मेयर श्रीमती चन्द्र कुमारी पुनज्यूले गरे । यसैगरी बर्दिबास–१, महोत्तरीस्थित बर्दिबास शाखाको समुद्घाटन बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्कीले र गोदावरी नगरपालिका–१, अत्तरियास्थित अत्तरिया शाखा गोदावरी नगरपालिकाका मेयर हरि सिंह साउदज्यू र उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले संयुक्त रुपमा गरे ।
समुद्घाटन् समारोहमा मेयर पुन, कार्की र साउद र अध्यक्ष देवकोटाले सानिमा बैंकलाई आफ्नो क्षेत्रमा बैंक शाखा पुगेको र कोभिड १९को जोखिम न्यूनीकरण गर्न सुरक्षा सावधानीका उपायहरु अपनाएर व्यवस्थित गरेकोमा कृतज्ञता व्यक्त गरेका छन् । बैंकले पनि यी शाखाहरु संचालनमा आएसँगै सो क्षेत्रका बासिन्दाहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच हुने विश्वास लिएको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२२ कार्यालय र १०२ वटा ए।टि।एम। संचालनमा रहेका छन् ।