स्वास्थ्य

कोरोनको २४ घण्टे अपडेटः १२ जनाको निधन, ३६ सय ३७ थपीए संक्रमित

१९ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको निधन भएको छ । यसै समयमा ३६ सय ३७ जना संक्रमितहरु थपीएका छन् ।
आज ७५ सय ३७ जना कोरोना जितेर घर फर्किएका छन् भने ११ हजार ५८२ जनामा कोरोना परीक्षण गरिएको थियो ।
आजसम्म ६९ हजार २९१ जना सकृय संक्रमित रहेका र अहिलेसम्म ११ हजार ७६४ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।