आर्थिक

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कार्की नियुक्त

२० माघ, काठमाडौं । सरकारले नेपाल स्टक एकसचेञ्ज ९नेप्से०को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ । अर्थमन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार पाल्पाका कार्कीलाई यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि नेप्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । कार्कीले पनि नियुक्तिको जानकारी आफूलाई प्राप्त भएको बताए । उनले शेयर बजारलाई व्यवस्थित बनाउनका लागि आफूले सक्दो प्रयास गर्ने उल्लेख गरे ।

तत्कालीन सिइओ चन्द्रसिंह साउदले राजीनामा दिएपछि विगत छ महिनादेखि नेप्सेको प्रमुख पद खाली रहँदै आएको थियो । पाल्पाका कार्कीले अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन् ।