शिक्षा

गोकर्णेश्वरका विद्यालय आइतबारदेखि खुल्ने

२१ माघ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् । नगरपालिकाले सूचना जारी गर्दै विद्यालय खुल्ने जानकारी दिएको हो ।

नगरपालिकाले नगर भित्रका सबै विद्यालय भौतिक दूरीसहित स्वास्थ्य  मापदण्ड पुरा गरी सञ्चालन गर्न अनुरोध गरेको छ । मापदण्ड पुरा गरे÷नगरेको अनुगमन गर्ने नगरपालिकाका शिक्षा, स्वास्थ्य तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले जानकारी दिए । विद्यालय सम्बद्ध विभिन्न पेशागत संघ संगठनको माग अनुसार कक्षा सञ्चालन गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ । 

युवक सम्पर्कबिहीन

गोकर्णेश्वर नगरपालिकाका  वडा नं ९  शंखडोलका २७ वर्षीय शिशिर भण्डारी सम्पर्कबिहीन भएका छन् । भण्डारीको परिवारले प्रहरीलाई गराएको जानकारी अनुसार उनी बहीबारदेखि सम्पर्कबिहीन छन् । 

भण्डारीको मोबाइल बन्द छ । परिवारले फेला पार्ने जो कोहीले पनि नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरेको छ ।