आर्थिक

सनराईज बैंकको ८६ औं शाखारहित बैंकिङ्ग सेवा कमल गाउँपालीकामा

२६ माघ, काठमाडौं । सन्राइज बैंक लिमिटेडले झापा जिल्लाको कमल गाउपालिका वडा नं।–७, बाह्रघरेमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ८६ पुगेको छ । बैंकले उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा बिजय गौलीलाई नियुक्त गरेको छ ।
सोमबार, मिति २०७८÷१०÷२४ मा आयोजित कार्यक्रममा प्रमुख अतिथिमा कमल गाउँपालिका वडा नं। ७ का वडा अध्यक्ष पृथ्वीपती राई तथा अन्य अतिथिहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम सन्राइज बैंक लिमिटेड १ नं। प्रदेश प्रमुख श्री बिबेक निरौलाको सभापतित्वमा संचालित उक्त कार्यक्रमको संचालन दमक शाखाका शाखा प्रबन्धक मदन तिम्सीनाले गरेका थिए । सो कार्यक्रममा स्थानिय राजनितिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी, व्यापारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए।टि।एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हालसम्म सनराईज बैंकले १३९ वटा शाखा, ८६ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए।टि।एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।