राजनीति

काँग्रेस कार्यकर्ताले यो वा त्यो समूह नभनी देश, जनता र लोकतन्त्रका पक्षमा लाग्नुपर्छः प्रधानमन्त्री

५ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मान्छे भन्दा पनि देशको हितमा सोच्नुपर्ने बताएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीद्वारा लिखित नेपाली काँग्रेसको संक्षीप्त इतिहास पुष्तक बिमोचन कार्यक्रमका प्रमुख अतिथीका रुपमा बोल्दै मेरो र तेरो भन्ने प्रबृतिको अन्त्य गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री देउवाले एमसीसी पास गर्नुपर्ने बताउँदै पुष्तक लेखक नेता अर्जुननरसिंह केसीले जस्तो काँग्रेसमा त्याग गरेको नेताले लेखेको पुष्तक महत्वपूर्ण भएको भन्दै काँग्रेस र लोकतन्त्रका लागि महत्वपूर्ण भूमिका खेल्ने भन्दै नेता केसीलाई सफलताको शुभकामनासमेत दिए ।

पुर्वमन्त्रीसमेत रहेका बरिष्ठ केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले आफूले लेखेको पुस्तक गाउँ गाउँमा नेपाली काँग्रेसका कार्यकर्ताहरुमाझ पुग्नसके प्रभावकारी हुँने बताए ।
उनले आफुले सबै कुरा समेट्न खोजेको भएपनि धेरै कुरा समेट्न बाँकी रहेको बताउँदै पहिलो संस्करण भएकोले यसलाई बाँकी बिषयहरु आगामी संस्करणमा समेट्दै लाने बताए ।
नेता केसीले आफूलाई पुस्तक लेख्न, सम्पादन गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दएका थिए । बिमोचन कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा, काँग्रेस नेता जगदीश्वरनरसिंह केसी, केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीलगायत बिशिष्ट ब्यक्तीत्वहरुको उपस्थिति थियो ।